Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच सहकार्य, डिजिटल भुक्तानीमा ग्राहकलाई छुट

अर्थ संसार

विहीबार, ०१ साउन २०८२, ०८ : ०२ मा प्रकाशित

एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच सहकार्य, डिजिटल भुक्तानीमा ग्राहकलाई छुट

एनआईसी एशिया बैंक र भक्तपुरको नगरकोट सामुदायिक होमस्टेबीच डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित सहकार्य भएको छ। यस साझेदारीमार्फत अब बैंकका ग्राहकले नगरकोटको सामुदायिक होमस्टेमा सेवा लिँदा १० प्रतिशत विशेष छुट पाउने भएका छन्।

बैंकका अनुसार, १७ घरपरिवारको संयुक्त प्रयासमा सञ्चालित नगरकोट सामुदायिक होमस्टेमा डिजिटल माध्यमबाट भुक्तानी गर्ने ग्राहकलाई यो छुट लागू हुनेछ। ग्राहकहरूले एनआईसी एशिया मोबाइल बैंकिङ एप प्रयोग गरी भुक्तानी गरेपछि सो छुट उपभोग गर्न सक्नेछन्।

नगरकोट, चाँगुनारायण नगरपालिका अन्तर्गतको पर्यटन क्षेत्रभित्र पर्न आउने यो होमस्टेमा छुटको सुविधा उपलब्ध गराएपछि ग्रामीण पर्यटनको प्रवद्र्धन र डिजिटल सशक्तिकरण दुवैलाई सँगसँगै अघि बढाउने बैंकको विश्वास छ।

बैंकले यस साझेदारीलाई वित्तीय समावेशीकरण र डिजिटल कारोबार संस्कृतिको अभिवृद्धि तर्फको महत्वपूर्ण कदमको रूपमा हेरेको जनाएको छ। यस किसिमको सहकार्यले ग्राहकलाई सुरक्षित, सरल र सहज भुक्तानी अनुभव प्रदान गर्नुका साथै स्थानीय अर्थतन्त्र र दिगो पर्यटन विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

68785e0169d8a.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको