सिटिजन्स क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका दुई वटा बन्दमुखी योजना ले आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश घोषणा गरेका छन्।
प्रकाशित विवरणअनुसार सिटिजन्स म्युचुअल फण्ड २ ले करसहित ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। त्यस्तै, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड ले करसहित १२.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।
लाभांश वितरण प्रयोजनका लागि क्यापिटलले भदौ १३ गते बुकक्लोज गर्ने जनाएको छ। यसका आधारमा भदौ १२ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउनेछन्।
साथै, क्यापिटलले अघिल्लो अवधिका बाँकी लाभांश अझै प्राप्त नगरेका इकाईधनीहरुलाई छिट्टै क्यापिटलमा सम्पर्क गर्न आग्रह समेत गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस