नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले भागनारायण साहुलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा नियुक्त गरेको छ।
संस्थाको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थामा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका साहुलाई कामु सीईओको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका भोजराज बस्यालको कार्यकाल साउन मसान्तसँगै समाप्त भएपछि साहुलाई उक्त पदको जिम्मेवारी दिइएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस