Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंक - सन्तुलित वित्तीय स्थिति र बढ्दो लाभांश वितरण क्षमता

अर्थ संसार

विहीबार, ०५ भदौ २०८२, १५ : २८ मा प्रकाशित

महालक्ष्मी विकास बैंक - सन्तुलित वित्तीय स्थिति र बढ्दो लाभांश वितरण क्षमता

गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार महालक्ष्मी विकास बैंकले चौथो त्रैमासको अन्त्यसम्म समग्र वित्तीय परिसुचकहरुमा सकारात्मक सुधार गर्दै सन्तुलित अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

बैंकले हालै मात्र प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ५० करोड ३ लाख रुपैयाँ पुगेको छ । यस वर्ष बैंकको लाभांश वितरण क्षमतामा उल्लेख्य वृद्धि भई ११.५१ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म बैंकले ५६ अर्ब २२ करोड रुपेयाँ निक्षेप संकलन गर्न सफल भएकोमा ४५ अर्ब ८५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

कर्जा परिचालनमा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०५ प्रशितले वृद्धि गरेको हो । साथै आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा सेयरधनी कोषमा प्रतिफल ११.७९ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ८३.९८ प्रतिशत रहेको छ । यस बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशत मात्र रहेको छ जुन नेपाल राष्ट्र बैंकले तोकेको सीमा भित्र रहेको छ । साथै बैंकको पुँजी पर्याप्यता अनुपात पर्याप्त रहेको कारणले आगामी दिनहरुमा व्यवसाय वृद्धि गर्न कुनै पुँजीगत दबाब नरहने देखिन्छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ असार मसान्तसम्म कोष लागत प्रतिशत ४.५६ प्रतिशत रहेको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४७ प्रतिशत कम हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको