नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीका लागि आज भदौ ८ गते विशेष दिन बनेको छ। बैंकले भोलि भदौ ९ गते बुक क्लोज गर्ने भएकाले, आजसम्म सेयर बोकेको लगानीकर्ताले मात्रै आगामी हकप्रदमा भाग लिन सक्नेछन्।
बैंकले १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद ल्याउँदैछ। यस अन्तर्गत १०० रुपैयाँ अंकित दरका २६ लाख २४ हजार ६७७ कित्ता सेयर बिक्री खुला हुनेछ।
यो निष्काशनपछि बैंकको चुक्तापुँजी ५२ करोड ४९ लाख रुपैयाँ नाघ्नेछ। पूँजी बढेसँगै बैंकको वित्तीय हैसियत थप मजबुत हुने अपेक्षा गरिएको छ।
हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा ग्लोबल आइएमई क्यापिटलले पाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस