Like us!
Follow us!
Connect us!
Watch us!

राजधानीका ८ स्थानमा विद्युत् कटौती, कहाँ र किन ?

सोमबार, २२ माघ २०७४, १९ : ११ मा प्रकाशित

राजधानीका ८ स्थानमा विद्युत् कटौती, कहाँ र किन ?

अर्थ संसार, काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले राजधानीका विभिन्न ८ स्थानमा आजराती १० बजेदेखि १२ बजेसम्म विद्युत् कटौती गर्ने भएको छ ।

प्राधिकरणको महराजगन्ज सडकखण्डमा मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्यका लागि ती स्थानमा विद्युत् कटौती गर्न लागेको हो ।

प्राधिकरणले आज एक सूचना प्रकाशित गरी बुढानिलकण्ठ सडकखण्डको गंगालाल अस्पताल नजिक मेलम्चीको पाइप विछ्याउनुपर्ने बाध्यताका कारण विद्युत् कटौती गर्न लागिएको जनाएको छ ।

११ केभी स्विचिङ स्टेशन फिडरबाट वितरित विद्युत् प्रणालीमा अवरोध हुने भएकाले विद्युत् कटोती गर्न लागिएको जनाइएको छ ।

खानेपानी, धापासी, बुढानिलकण्ठ, गोल्फुटार, बाँसबारी अस्पताल, बालुवाटार र गोगबु फिडरमा त्यसले प्रभा्व पार्ने प्राधिकरणले जनाएको छ । यस्तै सामाखुसी चोक, टोखा रोड, बसुन्धरा चोक, गाण्डी, गंगालाल, न्यूरो अस्पताल समेत विद्युत् कटौतीको चपेटामा पर्ने भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको