Like us!
Follow us!
Connect us!
Watch us!

प्रि-आइपीओको नाममा हुने ठगीबारे सेबोनको चेतावनी, लगानीकर्तालाई सचेत रहन आग्रह

अर्थ संसार

मंगलबार, १० भदौ २०८२, ०८ : ०० मा प्रकाशित

प्रि-आइपीओको नाममा हुने ठगीबारे सेबोनको चेतावनी, लगानीकर्तालाई सचेत रहन आग्रह

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रि-आइपीओको नाममा हुने अनधिकृत शेयर बिक्री–वितरणबारे लगानीकर्तालाई सचेत रहन आग्रह गरेको छ ।

बोर्डले सार्वजनिक निष्काशन नगरेका विभिन्न संगठित संस्थाका सेयरलाई Pre-IPO भनेर सामाजिक सञ्जाल (WhatsApp, Viber, Facebook Group), ईमेल तथा SMS मार्फत लगानीकर्तालाई खरिद प्रस्ताव गरी अनधिकृत रुपमा पैसा उठाउने क्रियाकलाप भइरहेको गुनासो प्राप्त भएको जनाएको छ । यसप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको सेबोनले जनाएको छ ।

सेबोनले प्रचलित कानुनमा प्रि-आइपीओ सम्बन्धी कुनै व्यवस्था नरहेको स्पष्ट गर्दै धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २९ अनुसार ५० जनाभन्दा बढीलाई शेयर बिक्री गर्ने भएमा सार्वजनिक निष्काशन गर्नैपर्ने व्यवस्था रहेको उल्लेख गरेको छ । बोर्डको अनुमति बिना यसरी शेयर बिक्री–वितरण गर्नु गैरकानुनी र दण्डनीय हुने चेतावनी दिइएको छ ।

त्यसैले, सेबोनले यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गर्दै सम्पूर्ण लगानीकर्तालाई यस्ता प्रलोभनमा नपरी सजग रहन अनुरोध गरेको छ ।

68ad19b16cab0.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको