गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले बीमालेख धितो रोखेर करिब १ खर्ब रुपैयाँको कर्जा दिएका छन् । १४ वटा ठूला जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा उक्त रकम बराबरको कर्जा दिएका हुन् ।
जीवन बीमा कम्पनीहरुले गत आवमा दिएको बीमालेख धितो कर्जा अघिल्लो आर्थिक वर्षको भन्दा करिब साढे ४ प्रतिशतले धेरै हो । जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बीमालेख धितो राखेर ९३ अर्ब ९९ करोड ६१ लाख रुपैयाँ कर्जा दिएका छन् । यो अघिल्लो आवको भन्दा ४.४६ प्रतिशतले धेरै हो । जीवन बीमा कम्पनीहरुले अघिल्ल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा ८९ अर्ब ९८ करोड २९ लाख रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेका थिए ।
गत आर्थिक वर्षको अन्तिमसम्ममा नेपाल लाइफ इन्स्योरेन्सले बीमालेख धितो रोखेर सबै भन्दा धेरै कर्जा प्रवाह गरेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा ३४ अर्ब ५४ करोड ३३ लाख रुपैयाँ कर्जा दिएको छ । यो अघिल्लो आवको सोही अवधिको भन्दा ३.४४ प्रतिशतले धेरै हो । अघिल्लो आवमा यो कम्पनीले बीमालेख धितो राखेर ३३ अर्ब ३९ करोड ४७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
त्यस्तै गत आवमा बीमालेख धितो राखेर धेरै धितो दिने बीमा कम्पनीको दोस्रो स्थानमा एलआइसी नेपाल रहेको छ । यो कम्पनीले गत आवमा २१ अर्ब ३० करोड ४८ लाख रुपैयाँ बीमालेख धितो राखेर कर्जा दिएको छ । यो अघिल्लो आवको भन्दा ३.५२ प्रतिशतले कम हो । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा २२ अर्ब ८ करोड ११ लाख रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेको थियो । त्यस्तै गत आर्थिक वर्षमा नेशनल लाइफ इन्स्योरेन्सले १२ अर्ब ६२ करोड २४ लाख रुपैयाँ बीमालेख धितो रोखेर कर्जा दिएको छ । यो अघिल्लो आवको भन्दा १.२४ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा बीमालेख धितो राखेर १२ अर्ब ४६ करोड ८१ लाख कर्जा दिएको थियो ।
त्यस्तै गत आर्थिक वर्ष हिमालयन लाइफ इन्स्योरेन्सले आफ्ना बीमितलाई ७ अर्ब ९२ करोड ४४ लाख रुपैयाँको बीमालेख धितो कर्जा दिएको छ । यो अघिल्लो आवको भन्दा १६.७१ प्रतिशतले धेरै हो । अघिल्लो आवमा यो कम्पनीले यस्तो शीर्षकको कर्जा ६ अर्ब ७८ करोड ९७ रुपैयाँ दिएको थियो । यो अवधिमा एशियन लाइफ इन्स्योरेन्सले बीमितको बीमालेख धितो राखेर ५ अर्ब १३ करोड ५४ लाख रुपैयाँ कर्जा दिएको छ । यो अघिल्लो आवको भन्दा ४.४४ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा ४४ अर्ब ९१ करोड ७३ रुपैयाँ बराबरको बीमालेख कर्जा प्रवाह गरेको थियो ।
गत आवमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले ४ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेको छ । यो अघिल्लो आवको भन्दा १६.६१ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आवमा भने ४ अर्ब १ करोड २५ लाख रुपैयाँ बराबरको बीमालेख धितो कर्जा प्रवाह गरेको थियो । त्यस्तै मेट लाइफले एक आर्थिक वर्षमा १ अर्ब ८१ करोड ९७ लाख रुपैयाँको बीमालेख धितो कर्जा दिएको छ । यो अघिल्लो आवको भन्दा ४.१२ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्ला आवमा भने १ अर्ब ७४ करोड ७६ लाख रुपैयाँ बराबरको कर्जा दिएको थियो ।
एक वर्षको अवधिमा सानिमा रिलायन्स लाइफले १ अर्ब ५६ करोड २२ लाख रुपैयाँ बराबरको बीमालेख धितो कर्जा प्रवाह गरेको छ । यो अघिल्लो आवको भन्दा ३३.३७ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्ले आर्थिक वर्षमा १ अर्ब १७ करोड १३ लाख रुपैयाँको यस्तो कर्जा दिएको थियो । गत आवमा प्रभु महालक्ष्मी लाइफले १ अर्ब २१ करोड ६८ लाख रुपैयाँको बीमालेख धितो राखेर कर्जा दिएको छ । यो अघिल्लो आवको भन्दा १९.६१ प्रतिशतले धेरै हो । यो कम्पनीले यस्तो शीर्षकमा अघिल्लो वर्ष १ अर्ब १ करोड ७३ लाख रुपैयाँ बराबरको कर्जा दिएको थियो । समीक्षा अवधिमा सिटिजन लाइफले १ अर्ब ९२ लाख रुपैयाँको बीमालेख धितो राखेर बीमितलाई कर्जा दिएको छ । यो अघिल्लो आवको भन्दा ३३.६८ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आवमा ७५ करोड ४९ लाख रुपैयाँको बीमालेख कर्जा प्रवाह गरेको थियो । त्यस्तै आइएमई लाइफले गत आवमा बीमालेख धितो राखेर ९६ करोड ५३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो आवको भन्दा ४९.१९ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आवमा ६४ करोड ७० लाख रुपैयाँको बीमालेख धितो कर्जा दिएको थियो ।
त्यस्तै गत आर्थिक वर्षमा सन नेपाल लाइफको अघिल्लो आवको भन्दा सेयर धितो राखेर दिइने कर्जा १७.१९ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीले गत आर्थिक वर्षमा ६८ करोड ४८ लाख रुपैयाँ बराबरको बीमालेख कर्जा दिएको छ । अघिल्लो आवमा कम्पनीले ५८ करोड ४३ लाख रुपैयाँको बीमालेख धितो राखेर कर्जा दिएको थियो । यो अवधिमा रिलायबल नेपाल लाइफले ५२ करोड ८३ लाख रुपैयाँ बढीको बीमालेख धितो राखेर कर्जा दिएको थियो । यो अघिल्लो आवको भन्दा ३३.२९ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा ३९ करोड ६४ लाख रुपैयाँको बीमालेख धितो कर्जा दिएको थियो ।
सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले हालसम्म कति रकमको बीमालेख धितो रोखर कर्जा दियो भन्ने विवरण नै छैन । यो सरकारी कम्पनीको वित्तीय विवरण भद्रगोल छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस