Like us!
Follow us!
Connect us!
Watch us!

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आईपीओ निष्काशन सुरु

अर्थ संसार

बुधबार, ११ भदौ २०८२, ०८ : ०४ मा प्रकाशित

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आईपीओ निष्काशन सुरु

कृषि क्षेत्रमा आधारित कम्पनी श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज (भदौ ११ गते) देखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) प्रक्रिया सुरु गरेको छ। कम्पनीले यसपटक आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी शेयर बिक्री खुला गरेको हो।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको कम्पनीको जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ रहेको छ। सो पूँजीको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको कम्पनीले चरणबद्ध रूपमा शेयर वितरण गरिरहेको छ।

जारी पूँजीको १ प्रतिशत बराबरको १ लाख ६३ हजार १२५ कित्ता साधारण शेयर आयोजना प्रभावित जिल्ला रुपन्देही र पाल्पाका बासिन्दाहरुका लागि छुट्याइएको छ।

त्यस्तै, सर्वसाधारणको कोटामा छुट्याइएको कुल सेयरमध्ये १० प्रतिशत अर्थात ३ लाख ९ हजार ९३८ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भर्न सक्नेछन्।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
आयोजना प्रभावित बासिन्दाका लागि आवेदन अवधि छिटोमा भदौ २५ गते र ढिलोमा असोज ९ गतेसम्म रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन अवधि छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म रहनेछ।

इक्रा नेपालले कम्पनीलाई दिएको रेटिङ्ग अनुसार श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको उल्लेख छ। यसले लगानीकर्ताले सम्भावित जोखिमलाई पनि ध्यानमा राख्नुपर्ने देखिन्छ।

यस आईपीओको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले नबिल बैंकका तानसेन–पाल्पा र फरसाटिकर–रुपन्देही शाखा, एनएमबि बैंकका तानसेन–पाल्पा र फरसाटिकर शाखा तथा ग्लोबल आइएमई बैंकको तानसेन–पाल्पा शाखाबाट प्रत्यक्ष दरखास्त फाराम भरेर आवेदन दिन सक्नेछन्। फाराम प्राप्त गर्नका लागि दरखास्त शुल्क २ रुपैयाँ तोकिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयमार्फत वा सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको