Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई मुस्ताङको मार्फा प्यालेसमा विशेष छुट

अर्थ संसार

बुधबार, ११ भदौ २०८२, १२ : १२ मा प्रकाशित

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई मुस्ताङको मार्फा प्यालेसमा विशेष छुट

प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीहरूले अब मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फास्थित मार्फा प्यालेस होटल मा विशेष छुट पाउने भएका छन्। बैंक र होटलबीच भएको सहमति अनुसार, प्रभु बैंकमा खाता भएका ग्राहकहरू र त्यहाँ कार्यरत कर्मचारीहरूले होटलको सेवा उपभोग गर्दा विशेष छुटको सुविधा प्राप्त गर्नेछन्।

उक्त सम्झौतापत्रमा मार्फा प्यालेस होटलका तर्फबाट ओनर केशव रिजाल र प्रभु बैंकका तर्फबाट जोमसोम क्लस्टर प्रमुख तथा शाखा प्रबन्धक नरेन्द्र थकालीले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट/क्रेडिट कार्ड वा अन्य विद्युतीय माध्यमबाट भुक्तानी गरेमा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। प्रभु बैंकका अनुसार स्याउको राजधानीका रूपमा परिचित मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटल आरामदायी आवास, परिवारमैत्री वातावरण र उत्कृष्ट सेवाका कारण आकर्षक तथा मिश्रित नयाँ गन्तव्य बन्न सक्छ।

प्रभु बैंक र मार्फा प्यालेस होटलबीच भएको योे साझेदारीले मुस्ताङको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंकका ग्राहकहरू पनि लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको