Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासन गर्दै बाजेको सेकुवा

अर्थ संसार

विहीबार, १२ भदौ २०८२, १० : ५१ मा प्रकाशित

आईपीओ निष्कासन गर्दै बाजेको सेकुवा

बाजेको सेकुवा लिमिटेडले आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्तावमा छलफल गर्न सोह्रौं वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा आउँदो असोज २ गते, दिउँसो ३ बजे, बत्तिसपुतलीस्थित रजिस्टर्ड कार्यालयमा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा आईपीओ निष्कासन गर्ने प्रस्तावमाथि छलफल हुने छ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, अन्य कम्पनीसँग मर्जर वा डीडीए प्रक्रिया अगाडि बढाउने तथा यसका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्तावहरू प्रस्तुत गरिनेछ।

त्यसैगरी, गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको