अरुण काबेली पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने मुख्य प्रस्तावसहित पन्ध्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले सभा आउँदो असोज ३ गते, बिहान ११ बजे, गौशालास्थित होटल क्रिष्टल पशुपतिमा गर्ने निर्णय गरेको हो।
सभामा हाल कायम चुक्ता पूँजीको अनुपातमा १ः०.५० को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, संस्थापक सेयरमा गरिएको लगानीलाई अनुमोदन गर्ने र आगामी दिनमा थप लगानी गर्न स्वीकृति दिने प्रस्तावमा पनि छलफल हुनेछ।
यससँगै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र उक्त कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ। साधारणसभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ भने चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारणसमेत गर्नेछ। कम्पनीले सभा प्रयोजनार्थ भदौ २५ गते, बुधबार १ दिनका लागि बुक क्लोज गर्ने जानकारी गराएको छ। सो आधारमा भदौ २४ गतेसम्म नेप्सेमा नाम रहेको सेयरधनीहरूले मात्र सभामा सहभागी हुन सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस