Like us!
Follow us!
Connect us!
Watch us!

सोपान मल्टिपलले बोलायो साधारणसभा, बोर्डको अनुमति पाए प्रिमियममा आईपीओ निष्काशन गर्ने

अर्थ संसार

विहीबार, १२ भदौ २०८२, १२ : १० मा प्रकाशित

सोपान मल्टिपलले बोलायो साधारणसभा, बोर्डको अनुमति पाए प्रिमियममा आईपीओ निष्काशन गर्ने

इन्भेष्टमेन्ट कम्पनी सोपान मल्टिपल कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको  छ । कम्पनीले आगामी असोज २ गते साधारणसभा बोलाएको  हो। सभामा लाभांश वितरण गर्ने, धितोपत्र बोर्डको स्वीकृति प्राप्त भएमा प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने र स्वीकृति नपाएमा अंकित मूल्यमै निष्कासन गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा त्यसअनुरूप संशोधन गर्न तथा गराउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण (वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अनुसूचीहरू) माथि छलफल गरी पारित गर्नेछ। त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभामा प्रस्तुत गरिनेछ।

सभामा विशेष प्रस्तावका रूपमा सञ्चालक समितिले प्रस्ताव गरेअनुसार आर्थिक वर्ष २०७१/०८२ सम्म सञ्चित मुनाफाबाट नगद लाभांश र बोनस सेयर वितरण गर्ने प्रस्ताव ल्याइनेछ। लाभांश वितरणसँग सम्बन्धित कर प्रयोजनसमेत यस प्रस्तावमा समावेश गरिएको छ। यसका साथै, कम्पनीको प्रबन्धपत्रको दफा ६ (क), (ख), (ग) र (घ) मा संशोधन गरी पूँजी वृद्धि गर्ने प्रस्ताव पनि सभामा छलफलका लागि प्रस्तुत गरिनेछ। त्यस्तै, कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति पाएमा प्रिमियम मूल्यमा, स्वीकृति नपाएमा अंकित मूल्यमै सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव ल्याएको छ। यससम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव समेत राखिनेछ।

नियमनकारी निकायबाट प्रवन्धपत्र वा नियमावलीमा संशोधन, थपघट वा अन्य कुनै निर्देशन प्राप्त भएमा त्यसअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पनि कार्यसूचीमा समावेश गरिएको छ। सोपान मल्टिपल कम्पनी लिमिटेडले औषधि, स्वास्थ्य, जलविद्युत, शिक्षा लगायत विभिन्न क्षेत्रहरूमा लगानी गर्दै आएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको