अर्थ संसार, नगरकोट– चाँगुनारायण नगरपालिका– २ झौखेलस्थित फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा रु १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीयवासी राजेश मचामसीले सञ्चालन गरेको राजेश फर्निचर उद्योगमा बिहान २:३० बजे विद्युत् चुहिई आगलागी हुँदा काठ, प्लाई, दराज, यन्त्र, रङ, ग्यास सिलिण्डरलगायत सामान जलेर नष्ट भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस