बुङ्गल हाइड्रो लिमिटेडले आज, भदौ १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर वितरण गरिसकेको थियो।
८३ करोड रुपैयाँ चुक्ता पुँजीको ३५ प्रतिशत बराबर कम्पनीलाई २९ लाख ५ हजार कित्ता सेयर निष्कासन गर्ने स्वीकृति मिलेको छ।
त्यसमध्ये –
८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई,
२ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकिएको छ।
यसबाहेक, १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि र ६२ हजार २५० कित्ता कर्मचारीहरूका लागि सुरक्षित राखिएको छ।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा सार्वजनिक गर्न लागेको हो।
यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्मको लागि आवेदन दिन सकिनेछ।
आवेदन छिटोमा भदौ १९ गते भित्र बन्द हुन सक्छ भने ढिलोमा भदौ ३० गते सम्म खुला रहनेछ।
आईपीओ निष्कासनको लागि केयर रेटिङ नेपाल ले कम्पनीलाई CARE-NP Single B Issuer Rating प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड तोकिएको छ।
लगानीकर्ताले आवेदन सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय वा मेरो सेयर अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस