Like us!
Follow us!
Connect us!
Watch us!

देवघाटमा सात करोडको लागतमा विद्युतीय शवदाह गृह बनाइने

मंगलबार, २३ माघ २०७४, १३ : २७ मा प्रकाशित

देवघाटमा सात करोडको लागतमा विद्युतीय शवदाह गृह बनाइने

अर्थ संसार, चितवन– पवित्र तीर्थस्थल देवघाटधाममा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ ।

देवघाट क्षेत्र विकास समितिको अगुवाइमा सो गृह निर्माण गर्न लागिएको हो । चितवन, नवलपरासी, तनहुँसँगै देशका विभिन्न जिल्लाबाट दैनिक २४ वटासम्म शव दाहसंस्कारका लागि देवघाट ल्याइने गरिन्छ ।

हिन्दू धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल देवघाटमा चारकट्ठा जग्गामा विद्युतीय शवदाह गृह बनाउने प्रक्रिया अघि बढाइएको हो ।

सो गृह निर्माणका लागि शहरी विकास मन्त्रालयबाट विस्तृत अध्ययन भइसकेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिनुभयो । पन्ध्र दिनपछिअध्ययन प्रतिबेदन आउने र त्यसपछि कामलाई अघि बढाइने उहाँले बताउनुभयो ।

करिब रु सात करोड लाग्ने अनुमान गरिएको सो गृह निर्माणका लागि चालू आर्थिक वर्षमा शहरी विकास मन्त्रालयले रु ५० लाख र भरतपुर महानगरपालिकाले रु २० लाख बजेट छुट्याएको छ । विस्तृत अध्ययनको प्रतिवेदन आइसकेपछि शवदाहस्थल निर्माण शुरु गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
देवघाटमा दाहसंस्कार बढी हुने भएकाले दाउराबाट दाहसंस्कार गर्दा एकातिर वन फँडानी बढेको र अर्कोतिर नदीमा प्रदूषण भएकाले विद्युतीय शव गृहमा नै जोड गरेका हौँ” उहाँले भन्नुभयो ।

दाहासंस्कारका लागि एउटा शवको दाउराबाट एउटा लास दाहसंस्कार गर्न तीन हजारभन्दा बढी खर्च लाग्ने गर्छ । विद्युतीय शवदहबाट दाउराको भन्दा पनि खर्चमा ७५ प्रतिशत कटौती हुन्छ ।
यसैगरी भरतपुर अस्पतालमा बेवारिसे शवको संख्या पनि निकै हुने गरेको छ । ती शव व्यवस्थापनमा पनि कठिनाइ हँुदै आएको छ । देवघाटमा शव दहनका लागि चितवन र बाहिरी जिल्लाबाट दाउरा ल्याइँदै आइएको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको