अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो स्वास्थ्यबारे फैलिएको हल्ला अस्वीकार गर्दै आफू उत्कृष्ट अवस्थामा रहेको बताएका छन्। सामाजिक सञ्जालमा “Trump is dead” (ट्रम्प मरे) भन्ने ह्यासट्याग ट्रेन्ड भएपछि उनले प्रतिक्रिया दिँदै भनेका छन्– “मैले मेरो जीवनमा कहिल्यै यसभन्दा राम्रो महसुस गरेको छैन।”
गत शनिबार गुगल सर्च र सामाजिक सञ्जालमा “Is Trump dead?” र “Trump is dead” शीर्षकहरू शीर्ष ट्रेन्डमा पुगेका थिए। ट्रम्पलाई अन्तिम पटक २६ अगस्टमा मन्त्रिपरिषद् बैठकमा देखिएको कारण र पछिल्ला तस्बिरहरूमा उनको दायाँ हातमा नीलडाम देखिएपछि स्वास्थ्यबारे अड्कलबाजी थपिएको हो।
यस्तै, उपराष्ट्रपति जे.डी. भान्सले हालै दिएको एक अन्तर्वार्तामा “यदि कुनै ठूलो दुर्घटना भयो भने” आफू राष्ट्रपति पद सम्हाल्न तयार रहेको टिप्पणी गरेपछि हल्ला अझै चर्किएको थियो। तर, उनले ट्रम्प अहिले “उत्कृष्ट स्वास्थ्यमा” रहेको स्पष्ट पनि गरेका थिए।
ट्रम्पले आफ्नै Truth Social प्लेटफर्ममार्फत हल्लालाई ‘मजाकीय’ भन्दै मिडियामाथि दोहोरो मापदण्ड अपनाएको आरोप लगाए।
उनले लेखे, “जो बाइडेन धेरै दिनसम्म सार्वजनिक कार्यक्रममा नदेखिँदा पनि मिडियाले उनलाई ‘तेज’ र ‘उत्तम अवस्थामा’ भन्छ। तर राष्ट्रपति ट्रम्प २४ घण्टा सार्वजनिक कार्यक्रममा नदेखिँदा मिडिया अत्तालिन्छ। हास्यास्पद दोहोरो मापदण्ड हो यो।”
ट्रम्पले थप लेखे, “मैले जीवनमा यसभन्दा राम्रो कहिल्यै महसुस गरेको छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस