डिशहोमले नेपालकै लोकप्रिय थकाली रेस्टुरेन्ट चेन मेलुङ थकालीसँग साझेदारी गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष छुट सुविधा उपलब्ध गराएको छ। अब सक्रिय डिशहोम प्रयोगकर्ताहरूले भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गरी मेलुङ थकालीका सबै शाखामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
हाल मेलुङ थकालीका शाखाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गठ्ठाघर, नयाँ बानेश्वर, बौद्ध र बालुवाटारमा सञ्चालनमा छन्। साथै, अन्य स्थानहरूमा नयाँ शाखा विस्तारको तयारी भइरहेको कम्पनीले जनाएको छ। यस सहकार्यमार्फत डिशहोम प्रयोगकर्ताहरूले आफ्ना मनपर्ने थकाली परिकारहरू थप सुलभ मूल्यमा स्वाद लिन सक्ने अवसर पाउनेछन्।
छुट लिनका लागि ग्राहकले माइ डिशहोम एप प्रयोग गर्नुपर्नेछ । एपमार्फत आफ्नो मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग–इन गरी होमपेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड देखाएर मेलुङ थकालीमा छुट प्राप्त गर्न सकिनेछ ।
यस सम्झौतामा मेलुङ थकालीका सह–संस्थापक बसन्त लामा र डिशहोमका चिफ न्यु प्रोडक्ट डेभलपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर सबिन महर्जनले हस्ताक्षर गरेका छन् । ‘यो साझेदारीले नेपालको मनपर्ने थकाली गन्तव्यलाई हाम्रो ग्राहकहरूको दैनिक जीवनमा अझ मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ’ डिशहोमका सीईओ तारा मानन्धरले बताए ।
डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड ग्राहकहरूलाई डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्नका लागि सुरु गरिएको हो। कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस