प्रभु बैंक लिमिटेड अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२५’अन्तर्गत ‘नेप्लिज बेस्ट डिजिटल बैंक फर एसएमईज्’को सम्मानबाट सम्मानित भएको छ । यो सम्मान अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था युरोमनी लिमिटेडद्वारा सिंगापुरमा आयोजना गरिएको एक भव्य समारोहका बीच प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित बैंकका अन्य थप तीन महिला अधिकृतहरूले संयुक्त रूपमा सम्मान ग्रहण गरेका थिए ।
यसअघि पनि प्रभु बैंकले बैंक अफ द इयर २०२३ जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ। निरन्तर रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सम्मानित हुँदै आएको यस बैंकले, आफ्नो सेवा गुणस्तर, ग्राहकप्रतिको समर्पण र डिजिटल नवप्रवर्तनमार्फत बजारमा अलग पहिचान बनाउन सफल भएको छ।
साना तथा मझौला उद्यम लक्षित डिजिटल सेवा प्रभु बैंकले पछिल्ला केही वर्षयता साना तथा मझौला उद्यमका लागि मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल कर्जा प्रवाह, अनलाइन खाता सञ्चालन, कर तथा राजस्व भुक्तानी, बीमा तथा वित्तीय परामर्श सेवा, व्यवसायिक भुक्तानी समाधानजस्ता अत्याधुनिक डिजिटल सुविधा सञ्चालनमा ल्याएको छ। यी सेवाले साना व्यवसायलाई आधुनिक बैंकिङ प्रणालीसँग जोड्दै उनीहरूको व्यवसाय वृद्धिमा ठोस सहयोग पुर्याएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अवार्ड प्राप्तिसँगै यसलाई केवल संस्थागत सफलताको प्रमाण नभई सम्पूर्ण नेपाली उद्यमशीलता समुदायको जितको रूपमा व्याख्या गरे। प्रभु बैंकले साना तथा मझौला उद्यमलाई आफ्नै व्यवसायिक रणनीतिमा विशेष प्राथमिकता दिँदै ग्राहक आवश्यकताअनुसार अनुकूलित डिजिटल समाधान ल्याउने अभियानलाई निरन्तरता दिएको छ।
प्रभु बैंकको सेवा सञ्जाल हाल प्रभु बैंकले देशभर ३१२ शाखा, ४८ विस्तार काउन्टर, २५६ एटिएम तथा सबल डिजिटल प्लेटफर्ममार्फत आफ्ना सेवा प्रवाह गर्दै आएको छ। 'डिजिटल नेपाल' को राष्ट्रिय अभियानलाई आत्मसात गर्दै बैंकले आगामी दिनमा अझ व्यापक र दिगो डिजिटल समाधान ल्याउने तयारी गरिरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस