अर्थ संसार, बैतडी– दशरथचन्द नगरपालिका–६ थालीगाडास्थित एक खुद्रा पसलमा आज आगलागी हुँदा करिब रु २७ लाख मूल्य बराबरको क्षति भएको छ ।
जगन्नाथ इङलिस बोर्डिङ स्कुलसँगै जोडिएको दिलीप सिंह पेलाको खुद्रा पसलमा विद्युत् सर्ट भई आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।
आगलागीबाट विद्यालयको केही भौतिक सामग्रीसमेत जलेर नष्ट भएको छ । प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस