Like us!
Follow us!
Connect us!
Watch us!

बाह्र वर्षमा सकियो चमेलिया, प्रधानमन्त्रीले उद्घाटन गर्दै

बुधबार, २४ माघ २०७४, १४ : २९ मा प्रकाशित

बाह्र वर्षमा सकियो चमेलिया, प्रधानमन्त्रीले उद्घाटन गर्दै

अर्थ संसार, काठमाडौं – दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–१, बलाचमा रहेको राष्ट्रिय गौरवको आयोजना चमेलिया जलविद्युत्को औपचारिक उद्घाटन माघ २७ गते हुने भएको छ ।

सरकारी लगानीमा निर्माण भएको ३० मेगावाटको चमेलिया जलविद्युत्को औपचारिक उद्घाटनका लागि माघ २७ गते प्रधानमन्त्री शेरबहादुर देउवा आयोजनास्थल बलाच पुग्ने  आयोजना प्रमुख अजय दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले औपचारिक रूपमा उद्घाटन गरेसँगै आयोजनाले व्यावसायिक उत्पादन थाल्ने समेत आयोजना प्रमुख दाहालले जानकारी दिनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा सँगै उद्घाटनका लागि ऊर्जामन्त्री कमल थापासमेत आउनु हुने भएको र उद्घाटनका लागि आयोजना स्थलमा आवश्यक तयारी थालिएको समेत उहाँले जानकारी दिनुभयो ।

यता प्रधानमन्त्री आउने भएपछि जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयबाट परिपत्र गरिएको छ । सो दिन सुरक्षा व्यवस्थालाई चुस्त एवम् दुरुस्त बनाउन परिपत्र प्राप्त भएको प्रजिअ जनार्दन गौतमले जानकारी दिनुभयो । आयोजनाले हाल १५/१५ मेगावाटका दुई युनिटबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ ।

 

आयोजना निर्माण शुरु भएको झण्डै ११ वर्षपछि विद्युत् उत्पादन भएको हो । आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा ६ वर्ष बढी समय लागेको हो । आयोजना निर्माणमा भएको ढिलाइले लागत बढेर १६ अर्ब रुपैयाँमा पुगेको छ ।

 

आयोजनाले वार्षिक १८ करोड ४२ लाख युनिट बिजुली उत्पादन गर्ने जनाइएको छ । आयोजनाका अनुसार यसबाट वार्षिक रु एक अर्ब १० करोड आम्दानी हुनेछ । आयोजना चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) ले निर्माण गरेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको