Like us!
Follow us!
Connect us!
Watch us!

कर्फ्युबीच ब्रोकर रेग्मीको आवाज–आजको सेयर कारोबार स्थगन गरौँ

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, ०८ : ५४ मा प्रकाशित

कर्फ्युबीच ब्रोकर रेग्मीको आवाज–आजको सेयर कारोबार स्थगन गरौँ

क्रिस्टल कञ्चनजंघा सेक्युरिटीज प्रा.लि.का अध्यक्ष तथा शेयर ब्रोकर प्रिया राज रेग्मीले देशमा जारी अशान्ति, कर्फ्यु र युवाको बलिदानको विरोधस्वरूप आज हुने शेयर कारोबार स्थगन गर्न अपिल गरेका छन्।

फेसबुकमार्फत प्रतिक्रिया व्यक्त गर्दै उनले भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले ज्यान आहुति दिइरहेका बेला सरकारले कर्फ्यु लगाएर आवतजावत रोकेपछि कारोबार र राफसाफ सहज नभएको टिप्पणी गरेका छन्।

उनले भनेका छन्, “यस घटनाले हामी सारा देशवासी बुवा, आमा, दाजुभाइ दिदीबहिनीहरू विक्षिप्त छौं। व्यवसायिक जगत निराश छ। यो विषम परिस्थितिमा साहदत्त हुनुहुने वीर युवा शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्दछु।”

रेग्मीले यसको विरोधस्वरूप आजको शेयर कारोबार स्थगन गर्न अपिल गर्दै स्टक ब्रोकर एशोसिएसन अफ नेपालले यसका लागि संयोजन गर्नुपर्ने सुझाव समेत दिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको