देशैभर फैलिएको प्रदर्शनसँगै निशानामा परेका नेता तथा उच्च पदस्थ व्यक्तिहरुलाई नेपाली सेनाको भैरवनाथ गणमा राखिएको छ । सेनाले उनीहरुलाई हेलिकप्टरबाट उद्वार गरेर भैरवनाथ गणमा ल्याएको हो ।
जेनजी प्रदर्शन चर्किएसँगै दलका शीर्ष नेताहरूको घर र पार्टी कार्यालयलाई लक्षित गर्दै आक्रमण सुरु भएपछि उनीहरूलाई सुरक्षा निकायले सुरक्षित स्थानमा सार्न सुरु गरेको हो । केही बेरअघि मन्त्रिक्वाटर भैंसेपाटीमा हेलिकप्टरहरु पुगेका छन् र मन्त्रीहरुलाई त्यहाँबाट बाहिर निकालेका छन् भने विमानस्थलमा पनि हेलिकप्टरहरुको बाक्लो उपस्थिति रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस