त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ। मंगलबारदेखि बन्द गरिएको विमानस्थल कहिले खुल्ने भन्ने निश्चित भएको छैन।
विमानस्थल कार्यालयले जारी गरेको सूचनामा विषम परिस्थितिका कारण अर्को सूचना नआएसम्म विमानस्थल बन्द रहने स्पष्ट गरिएको छ।
यसअघि आज दिउँसो १२ बजेबाट विमानस्थल खुल्ने भनिएपनि हाल आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानहरू प्रभावित भएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस