Like us!
Follow us!
Connect us!
Watch us!

ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा भीषण आगलागी, सबै उडान स्थगित

अर्थ संसार

शनिबार, ०१ कार्तिक २०८२, १८ : १५ मा प्रकाशित

ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा भीषण आगलागी, सबै उडान स्थगित

बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो भिलेज क्षेत्रमा शनिबार दिउँसो भीषण आगलागी भएको छ। आगलागीपछि विमानस्थलका सबै उडान अस्थायी रूपमा स्थगित गरिएको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन्।

आगलागीपछि विमानस्थल वरपरको आकाश घना कालो धुवाँले ढाकिएको थियो। विमानस्थलको गेट नम्बर ८ नजिक दिउँसो करिब २:३० बजे आगो लागेको बताइएको छ।

फायर सर्भिसका अधिकारी तल्हा बिन जाशिमका अनुसार, आगो नियन्त्रणका लागि ३६ वटा दमकलका टोली परिचालित भएका छन्। उनका भनाइ उद्धृत गर्दै द डेली स्टारले जनाएको छ कि आगो निभाउने कार्य तीव्र गतिमा भइरहेको छ।

सामाजिक सञ्जाल X (ट्विटर) मा आगलागीका भिडियोहरू धेरै प्रयोगकर्ताहरूले सार्वजनिक गरेका छन्, जसमा कार्गो भिलेजको ठूलो भाग धुवाँले ढाकिएको देखिन्छ।

बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार, उक्त कार्गो भिलेजमा मुख्यतया आयात गरिएका सामानहरू भण्डारण गर्ने कार्य हुने गर्छ। विमानस्थलका कार्यकारी निर्देशक एम.डी. मसुदुल हसन मसुदले घटनाबारे पुष्टि गर्दै आपतकालीन उद्धार र नियन्त्रणका काम जारी रहेको जानकारी दिएका छन्।

बंगलादेश फायर सर्भिस, बंगलादेश एयरफोर्सका दुई दमकल टोली र बंगलादेश सिभिल एभिएसनका कर्मचारीहरू अहिले पनि स्थलमा रही आगो नियन्त्रणमा लिन प्रयासरत छन्।

आगो लाग्ने कारण भने हालसम्म खुल्न सकेको छैन। प्रारम्भिक विवरण अनुसार कुनै मानवीय क्षतिको जानकारी प्राप्त भएको छैन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको