Like us!
Follow us!
Connect us!
Watch us!

डिस्कोर्डमार्फत भर्चुअल बैठकमा जुटे जेनजी,वार्ताका लागि प्रतिनिधि छान्ने छलफल

अर्थ संसार

बुधबार, २५ भदौ २०८२, १५ : ४८ मा प्रकाशित

डिस्कोर्डमार्फत भर्चुअल बैठकमा जुटे जेनजी,वार्ताका लागि प्रतिनिधि छान्ने छलफल

आन्दोलनरत जेनजी युवाहरूले वार्तामा कसलाई पठाउने भन्ने विषयमा भर्चुअल बैठक सुरु गरेका छन्। डिस्कोर्ड प्लेटफर्ममा भएको छलफलमा करिब ४२ सयभन्दा बढी सदस्य सक्रिय सहभागी भएका छन्।

बैठकमा वार्ताका लागि नेतृत्व को लिने, कति जनालाई पठाउने र कुन–कुन मुद्दा अघि सार्ने भन्नेबारे विस्तृत बहस भइरहेको स्रोतले जनाएको छ। हाल जेनजी नाममा विभिन्न समूह बनेकाले आधिकारिकतामाथि विवाद देखिएको छ। त्यसैले छिट्टै एकै समूहले सहमति जुटाएर प्रतिनिधि टुंग्याउनुपर्नेमा उनीहरूको जोड छ।

युवाहरूले चाहनेहरूले नाम टिपाउने, त्यसपछि अन्तिम छलफल गरेर प्रतिनिधि टोली तय गर्ने तयारी भइरहेको जनाइएको छ। उनीहरूको मुख्य माग भने अन्तरिम सरकारले ६ महिना देखि १ वर्षभित्र नयाँ निर्वाचन घोषणा गर्नु पर्ने रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको