अर्थ संसार, काठमाडौं– पछिल्लो समय एनसीसी बैंक बजार विस्तारमा आक्रम बनेको छ ।
बैंकले केही अघिमात्रै नवलपरासी जिल्ला, कावासोती नगरपालिका, वडा नं. २, कावासोती र चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १८, चनौलीमा एक औपचारिक कार्यक्रमका बीच आफ्नो २ वटा शाखाहरु स्थापना गरेको छ ।
कावासोती शाखाको समुद्घाटन गर्दै एनसीसी बैंकको संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बैंकले गुनासो रहित कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो र बैंकहरु मध्ये नमुना बैंक बनाउन आफुहरु कृयाशील रहेको भन्दै सेवा ग्राही कै सुझावको आधारमा बैंकका गतिविधि संचालन गरिने बताउनु भएको थियो ।
संचालक समितिका सदस्य ईमान सिंह लामाको अध्यता रहेको उक्त कार्यक्रममा कावासोती नगरपालिका वडा नं. २ का वडा अध्यक्ष लक्ष्मी प्रसाद पौडेल, उद्योग बाणिज्य संघ नवलपुरका अध्यक्ष ओम प्रकाश पौडेल र वरिष्ठ उपाध्यक्ष डासुराज पोख्रेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कावासोती शाखाको समुद्घाटन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले स्वागत मन्तव्य व्यक्त गर्दै बैंकका गतिविधिहरुको वारेमा प्रकाश पार्नु भएको थियो ।
त्यसै गरी चनौली शाखाको समुद्घाटन गर्दै बैंकका संचालक डा. कैलाश पतिन्द्र अमात्यले यस शाखाले चनौली क्षेत्रका जनताको आर्थिक कृयाकलापमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।
भरतपुर महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष ज्ञान प्रसाद खनाल, वडा नं. २० का वडाध्यक्ष श्री मणिलाल तामाङ्ग र वडा नं. १८ का वडाध्यक्ष दिपक लामाले चनौली वजारमा शाखा संचालन भएकोमा सफलताको शुभकामना दिएका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले चनौली क्षेत्रको समग्र आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यले यस ठाउँमा शाखा संचालनमा ल्याएको कुरा बताउनु भयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस