धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू र काठमाडौं महानगरका मेयर बालेन शाहले पूर्वमुख्य न्यायाधीश सुशिला कार्कीलाई समर्थन गरेको भन्ने समाचार गलत भएको दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले लेखेका छन्, “सुशिला कार्की ज्युलाई बालेन र मैले कहाँ समर्थन जनायौँ र ? यो सब गलत हो !” उनले स्पष्ट पार्दै आफूहरुले समर्थन नगरेको बताएका हुन्।
देशको नेतृत्व लिने अभिव्यक्ति दिंदै साम्पाङ सोमबार ठूलो संख्यामा आफ्ना समर्थकसहित काठमाडौं पुगेका थिए। जंगीअड्डा अगाडि समर्थकहरूसँगै उभिएका उनले पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिंदै “आफू नेतृत्वको भूमिकामा आउन तयार रहेको” बताएका थिए। त्यहाँ उपस्थित उनका समर्थकहरूले नाराबाजी समेत गरेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस