लिपुलेकमार्ग हुँदै भारत–चीनबीच सीमा व्यापारसम्बन्धी प्रश्न उठेपछि नेपाल सरकार स्पष्ट पार्दै उक्त भू–भाग नेपालको अभिन्न हिस्सा भएको दोहोर्याएको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा नेपालको संविधानमा समावेश आधिकारिक नक्साअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भू–भाग भएको प्रष्ट उल्लेख गरिएको छ।
मन्त्रालयका प्रवक्ताले भारत सरकारलाई उक्त क्षेत्रमा सडक विस्तार, सीमा व्यापार लगायत कुनै पनि गतिविधि नगर्न आग्रह गर्दै आएको स्मरण गराएका छन्। सो भू–भाग नेपाली भूमि भएको विषय मित्रराष्ट्र चीनलाई समेत नेपालले औपचारिक रूपमा जानकारी गराइसकेको पनि विज्ञप्तिमा उल्लेख छ।
यस्तै, नेपाल–भारतबीच विद्यमान घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको भावनाअनुसार सीमा विवादलाई ऐतिहासिक सन्धि–सम्झौता, नक्सा र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस