Like us!
Follow us!
Connect us!
Watch us!

हाम्रो अर्थतन्त्रले अहिलेको ध्वंश थेग्न सक्दैन, भोकै मर्नु पर्ने अवस्था आउन सक्छः पूर्व गभर्नर क्षेत्री

अर्थ संसार

शुक्रबार, २७ भदौ २०८२, १२ : ०२ मा प्रकाशित

हाम्रो अर्थतन्त्रले अहिलेको ध्वंश थेग्न सक्दैन, भोकै मर्नु पर्ने अवस्था आउन सक्छः पूर्व गभर्नर क्षेत्री

जेनजीका नाममा भएको क्षतिलाई नेपालको अर्थतन्त्रले थेग्न नसक्ने नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले बताएका छन् । अर्थसंसारसँगको कुराकानीका क्रमममा पूर्व गभर्नर क्षेत्रलीले अहिलेको अवस्थाबाट उठ्नु निकै चुनौतिको विषय भएको बताएका हुन् । 

सबै सार्वजनिक संस्थानहरु ध्वस्त बनाएको अवस्थामा विदेशीसँग माग्ने बाटो समेत बन्द भएको र अर्थतन्त्र निकै कमजोर बन्ने उनको भनाइ छ । छिटो नयाँ अन्तरिम सरकार बनाएर अघि बढ्नु पर्ने भए पनि अहिलेसम्म खासै केही प्रगति नभएको अवस्थामा देशमा थप अन्यौलता उत्पन्न भएको उनले बताए । ‘कुनै एउटा सामान्य सुरुङमार्ग निर्माणका लागि त विदेशी गुहार्नु पर्ने अवस्थामा तीन पुस्ता भन्दा बढीको इतिहास भएको सिंहदरबार बनाउनका लागि हाम्रो अर्थतन्त्रले थेग्दैन,’ उनले भने । 

केही अनुदान स्वरुप आएका उद्योग निजी करणको नाममा सकिएको र अहिले एसियाली विकास बैंक र विश्व बैंकले पनि नेपाल समृद्धीको बाटोमा गएको भन्दै बढी ब्याज लिने गरेको उनले सुनाए । भ्रष्ट नेताहरुको पैसा प्रयोग गरेर बजेट बनाउने कुरा पनि सुनिएको भन्दै यस्तो कुरा २०६२/०६३ मा पनि सुनिएको भन्दै यसमा कुनै पनि विश्वास गर्न सकिने अवस्था नदेखिएको क्षेत्रीले बताए । आफ्नो उत्पादन नभएको अवस्थामा भोकै मर्नु पर्ने अवस्था पनि आउन सक्ने उनको भनाइ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको