Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावर कम्पनीको नाफा ३ करोडमाथि

विहीबार, २५ माघ २०७४, १२ : ०३ मा प्रकाशित

अपि पावर कम्पनीको नाफा ३ करोडमाथि

अर्थ संसार, काठमाडौं–चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासमा  अपि पावर कम्पनी लिमिटेडले ३ करोड १३ लाख रुपैयाँ कमाएको छ ।

१ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा १२ करोड १४ लाख रुपैयाँ राखेको छ । त्यस्तै लगानी १४ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको बिक्रि ७ करोड ९४ लाख रुपैयाँ रहेको छ । जसको चालु सम्पत्ति १० करोड ८५ लाख रुपैयाँ रहेको छ भने चालु दायित्व ३६ करोड ९७ लाख रुपैयाँ रहेको नोक्सानमा रहको छ ।

अपिको जम्मा आम्दानी ९ प्रतिशतले घटेर ८ करोड ६ लाख रुपैयाँ पुगेको छ भने खर्च पनि ३९ दशमलव ९० प्रतिशतले घटेर ७२ लाख रुपैयाँ रहेको छ ।

अपि पावर कम्पनी को प्रतिशेयर आम्दानी वार्षिक ५ दशमलव ९७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ७१ दशमलव १३ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ११ दशमलव ५७ रुपैयाँ रहेको छ ।

यो पनि पढ्नुहोस्

अप्पर नौगाड अन्तिम चरणमा, चैतदेखि नै विद्युत् उत्पादन थाल्ने 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको