Like us!
Follow us!
Connect us!
Watch us!

जेनजीको ध्वंशले देश १० औँ वर्ष पछि परो, भौतिक संरचना निर्माणमा मात्रै  जिडीपीको आधा भन्दा बढी खर्च लाग्छ-अर्थविद् अधिकारी

अर्थ संसार

शुक्रबार, २७ भदौ २०८२, १३ : ३१ मा प्रकाशित

जेनजीको ध्वंशले देश १० औँ वर्ष पछि परो, भौतिक संरचना निर्माणमा मात्रै  जिडीपीको आधा भन्दा बढी खर्च लाग्छ-अर्थविद् अधिकारी

अर्थविद् चन्द्रमणी अधिकारीले अहिले जेनजीका नाममा भएको विध्वंशबाट भएको क्षतिको भर्पाइ गर्नका लागि दुई आर्थिक वर्षको बजेट लाग्ने बताएका छन् । अर्थसंसारसँगको कुराकानीमा अर्थविद् अधिकारीले अहिले सबै संरचना ध्वत भएको अवस्थामा हाम्रो कुल जिडीपीको आधा भन्दा बढी खर्च लाग्ने बताएका हुन् । 

अहिलेको नोक्सानीको पूर्ती गर्नका लागि १० औँ वर्ष लाग्ने उनको भनाइ छ । सार्वजनिक तथा व्यक्तिका भौतिक संरचनामा पनि क्षति पुगेको अवस्थामा पुनः निर्माणका लागि ठूलो धनशासी आवश्य पर्ने उनको भनाइ छ । ‘अहिले व्यापार व्यवसाय पनि ठप्प रहेको अवस्थामा दैनिक ५ अर्ब रुपैयाँ नोक्सनी भोग्नु परेको छ । यो अवस्था जति लम्बिन्छ आर्थिक भार पनि बढ्दै जान्छ,’ उनले भने । 

अहिलेको आन्दोलनको निकास कसरी निस्कन्छ अर्थतन्त्रको भविष्य पनि त्यसमा नै निर्भर हुने उनी बताउँछन् । देशमा शान्ति भएन भने विदेशी लगानी मात्रै नभएर रेमिट्यान्स पनि नआउने र यसले थप समस्या सिर्जना हुने उनको भनाइ छ । अहिलेको अवस्थामा पर्यटनको आवागमन पनि नहुने भएकाले थप समस्या सिर्जना हुने उनको दाबी छ । ‘यो अवस्थामा हाम्रो देशको अर्थतन्त्र थप नकारात्मक अवस्थामा जान्छ ।

यसले गरिवी र व्यरोजगारी पनि बढाउँछ,’ उनले भने । अबको नेतृत्वले सुजबुझ रुपमा समस्यालाई समाधान गर्न सकेको खण्डमा अवस्था सुधार हुने नत्र अझ भयाभह हुने उनको भनाइ छ । अहिले नै अर्थतन्त्र संकुनमा रहेको अवस्थामा यो ध्वंशले थप नकारात्मक हुने उनको दाबी छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको