अर्थ संसार, काठमाडौं– काठमाडौंको एयरपोर्ट स्थित कार्गो नजिकै आज बिहान ६ बजे बा २ ख ५४२१ नम्बरको बसले बा ८० प ३७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
ठक्करबाट मोटरसाइकल पछाडी सवार, पिंगलास्थान बस्ने सुनसरी ईटहरीकी रविना ओझाको गम्भिर घाइते भई उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा बिहान ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस