Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले माग्यो आवेदन: एक अर्ब २० करोड मुद्दती निक्षेप लगानी गर्ने

अर्थ संसार

आइतबार, २९ भदौ २०८२, ०७ : ३४ मा प्रकाशित

राष्ट्र बैंकले माग्यो आवेदन: एक अर्ब २० करोड मुद्दती निक्षेप लगानी गर्ने

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपको रूपमा लगानी गर्ने भएको छ। बैंक तथा वित्तीय संस्थामा पूँजी परिचालन गर्ने उद्देश्यसहित केन्द्रीय बैंकले आवेदनका लागि आह्वान गरेको हो।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरूमा १ अर्ब ४ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा १९ करोड ५० लाख रुपैयाँ, र ‘ग’ वर्गका वित्त कम्पनीमा ६ करोड ५० लाख रुपैयाँ बराबरको रकम लगानी गर्ने जनाएको छ। इच्छुक संस्थाले यही भदौ ३० गतेभित्र आवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

लगानीका लागि पात्र बन्न बैंक तथा वित्तीय संस्थाले तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्नेछ। साथै, संस्थाको निष्क्रिय कर्जा सापटी ८ प्रतिशतभन्दा बढी र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतभन्दा बढी नहुने सर्त राखिएको छ।

केन्द्रीय बैंकले निक्षेप लिन चाहने संस्थाले आफूले माग्ने रकम र प्रस्तावित ब्याजदर उल्लेख गरी आवेदन दिनुपर्ने जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको