अर्थ संसार, काठमाडौं – सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न अब ३५० मिटर मात्रै बाँकी रहेको छ ।
दैनिक चारदेखि पाँच मिटर मात्रै सुरुङ खनिएका कारण सुरुङ सक्न अझै केही दिन लाग्ने बताइएको छ ।
मेलम्ची खानेपानी खानेपानी विकास समितिले कमजोर चट्टान भएका कारण सुरुङ खन्ने काममा सोचेजति प्रगति नभएको जानकारी दिएको छ ।
हालकै गतिमा सुरुङ खनिएपनि अबको ६५ दिनमा सुरुङ ब्रेक थ्रु हुने छ । कमजोर चट्टान भएका कारण केही समस्या भएपनि मिलाएर खनिराखिएको छ ।
नयाँ वर्षमा काठमाडौँबासीलाई पानी उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको छ । तर उपत्यकाभित्र अझै ७० किलोमिटर क्षेत्रमा पाइप बिच्छ्याउन बाँकी रहेको छ ।
हाल धमाधम सुरुङ मर्मतकोकाम पनि अगाडि बढीरहेको छ । आठ वटा अत्याधुनिक मेशनिले सुरुङ फिनिसिङको काम भइरहेको छ ।
हालसम्म ३ किलोमिटर सुरुङ मर्मत भएको छ । भने ८ किलोमिटर खण्डमा सुरुङ सफा गर्ने काम सम्पन्न भएको छ र आगामी एक महिना भित्रै फिनिसिङ सम्पन्न गर्ने गरी काम भइरहेको छ ।
मुहानमा पानी छेक्न निर्माण गरिने इन्टेक ड्यामको काम अघि नबढेकाले तत्कालका लागि अस्थायी ड्याम बनाएरै भएपनि बैशाखमा पानी ल्याउने गरि काम अघि बढाएको आयोजनाले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस