Like us!
Follow us!
Connect us!
Watch us!

बिहेको दक्षिणा मानव सेवा आश्रमलाई

विहीबार, २५ माघ २०७४, १६ : ०५ मा प्रकाशित

बिहेको दक्षिणा मानव सेवा आश्रमलाई


अर्थ संसार, रत्ननगर, चितवन– स्थानीय एक नवविवाहित जोडीले विवाहमा प्राप्त लाखौँ दक्षिणा भरतपुरस्थित मानव सेवा आश्रममा रहेका असहायलाई सहयोग गरेको छ ।

भरतपुर महानगरपालिका वडा नं १२ बसपार्ककी सोनिया गुरुङ र पोखराका विशाल गुरुङ आज वैवाहिक बन्धनमा बाँधिनुभएपछि आफ्ना नजिकका नातेदारबाहेक साथीभाइ, इष्टमित्रबाट प्राप्त रु तीन लाख ३७ हजार ६४० उक्त आश्रमका संयोजक रुपा केसीलाई उपलब्ध गराउनुभएको हो ।
केसीले विभिन्न मनकारीहरुको सहयोगमा आश्रमका असहायको पालनपोषण, संरक्षण स्वास्थ्योपचार चलिरहेको भन्दै यसरी सहयोग गर्नुभएकामा गुरुङ परिवारलाई धन्यवाद दिनुभयो ।

सोनियाका बुबा हिमाल गुरुङले आश्रममा रहेका भाइ बहिनीले सडकमा बेवारिसे भएका अशक्त मनोरोगी बुबाआमालाई उद्धार गरी हेरचाह गर्नु महत्वपूर्ण कार्य भएकाले सहयोग गरिएको उहाँले बताउनुभयो । छोरी ज्वाइँ आएका बेला आश्रमको भ्रमणसमेत गराएर वास्तविकता बुझाउने उहाँको योजना छ ।

चितवन आश्रममा सडकबाट ल्याइएका यस्ता असहाय तथा मनोरोगी ५० जना छन् । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको