Like us!
Follow us!
Connect us!
Watch us!

साउन महिनामा पौने २ अर्ब बढी रेमिट्यान्स भित्रियो

अर्थ संसार

सोमबार, ३० भदौ २०८२, २० : ३८ मा प्रकाशित

साउन महिनामा पौने २ अर्ब बढी रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको साउन महिनामा पौने २ खर्ब रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक स्थिति अनुसार चालु आवको साउन महिनामा वैदेशिक रोजगारीमा गएकाहरुले १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका हुन् । 

यो रकम गत आर्थिक वर्षको साउन महिनाको तुलनामा २९.९ प्रतिशत धेरै हो।गत आवको साउनमा १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.० प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १९३ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१४८ अर्ब ८ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २३ हजार ६४४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको