Like us!
Follow us!
Connect us!
Watch us!

खानीखोला हाइड्रोको हकप्रद आवेदन म्याद पुनः असोज ६ गतेसम्म थप

अर्थ संसार

मंगलबार, ३१ भदौ २०८२, ०७ : ३० मा प्रकाशित

खानीखोला हाइड्रोको हकप्रद आवेदन म्याद पुनः असोज ६ गतेसम्म थप

खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरिरहेको हकप्रद सेयरमा आवेदन दिने अवधि दोस्रोपटक पनि बढाइएको छ।

कम्पनीले प्रारम्भिक रूपमा आवेदन दिन भदौ २३ गते अन्तिम मिति तोकेको थियो। तर, पर्याप्त आवेदन नआएपछि म्याद बढाउँदै भदौ ३१ गतेसम्म पुर्‍याइएको थियो। हालै देशभर देखिएको जेन–जी आन्दोलनका कारण कारोबारमा परेको असरलाई मध्यनजर गर्दै कम्पनीले पुनः असोज ६ गतेसम्म म्याद थप्ने निर्णय गरेको हो।

खानीखोला हाइड्रोले हाल कायम चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दैछ। यसअनुसार ४६ लाख ५७ हजार १४३ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी भइरहेको छ।

यस प्रयोजनका लागि कम्पनीले असार २७ गते बुक क्लोज गरेको थियो। त्यसअघि असार २६ गतेसम्म कायम भइसकेका  सेयरधनीहरूले मात्र जारी भएको हकप्रदमा आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको