बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन करिब ७३ अर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप संकलन ७२ खर्ब ९४ अर्ब पुगेको हो ।
यो भदौ २८ गतेसम्मको अवधिसम्मको वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसहित ५४ संस्थाहरुको हो । यो अवधिसम्ममा वाणिज्य बैंकहरुको मात्रै ६५ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ७ खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ ।
यस अवधिमा बैंकिङ क्षेत्रको कुल कर्जा ५६ खर्ब १८ अर्ब रुपैयाँ छ । सोअनुसार कुल निक्षेप र कुल कर्जामा १६ खर्ब ७६ अर्ब रुपैयाँको अन्तर छ । कुल कर्जा प्रवाहमध्ये वाणिज्य बैंकहरुमो मात्रै ४९ खर्ब ९५ अर्ब रुपैयाँ छ । अन्य बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ६ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ । बैंकिङ क्षेत्रमा निक्षेप तथा कर्जा अनुपात अर्थात् सीडी रेसियो पछिल्लो अवधिमा ७६.०७ प्रतिशत छ । किनकि राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा फाइनान्स कम्पनीहरुले सीडी रेसियो ९० प्रतिशत कायम रहँदासम्म कर्जा प्रवाह गर्न पाउँछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस