जेनजी आन्दोलनका कारणले केही समय बजारबाट तरलता नखिचेको नेपाल राष्ट्र बैंकले आज एक दिन ९० अर्ब रुपैयाँ खिच्ने भएको छ । सुस्त आर्थिक गतिविधिले कर्जा माग नभइरहेको अवस्थामा भदौ २३ र २४ गतेको जेन जी आन्दोलनले आर्थिक तथा भौतिक रुपमा ठूलो क्षति पुगेको छ । जसका कारणल केन्द्रीय बैंकले बजारबाट नियमित रुपमा आइतबार र बुधबार प्रशोचन गर्दै आएको रकम तान्न सकेको थिएन् ।
केन्द्रीय बैंकले बिहीबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत केन्द्रीय बैंकले १० दिनको लागि ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्न लागेको हो । पछिल्लो २ आर्थिक वर्षमा लगातार अधिक तरलता देखिएपछि केन्द्रीय बैंकले तरलता प्रशोचन गरिहेको छ । निक्षेप संकलन उपकरण बोलकबोलका साथै स्थायी निक्षेप सुविधामार्फत पनि तरलता प्रशोचन भइरहेको छ ।
राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा पनि उपलब्ध गराइरहेको छ । बोलकबोल गर्दा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकममा बोलकबोल गर्न सकिने छ । उक्त रकमको साँवा र ब्याज भुक्तानी असोज १२ गते हुने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस