Like us!
Follow us!
Connect us!
Watch us!

दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट

अर्थ संसार

विहीबार, ०२ असोज २०८२, १५ : ४५ मा प्रकाशित

दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट

लोकप्रिय इन्टरनेट सेवा प्रदायक भायानेटले यस वर्षको दशैंलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकहरुका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। प्रत्येक वर्ष दशैंमा विशेष योजना ल्याउने भायानेटले यसपटक अझै ठूलो अफर ल्याएको जनाएको छ।

यो दशैंमा भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको  नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन्। यस अफर अन्तर्गत रु. ३,००० पर्ने मेस राउटर रु. ५०० छुटसहित रु. २,५०० मा उपलब्ध हुनेछ। त्यस्तै,  रु. १०,७४९ पर्ने डूअल ब्याण्ड फोन जेडटिई नुबिया ए३६ छुटसहित रु. ८,2९९ मा पाइनेछ। साथै, ४३-इन्चको हिमस्टार स्मार्ट टिभी रु. २७,९९९ मा किन्न सकिनेछ।

यससँगै, रु. ८,४०० माथि इसेवा एप मार्फत भुक्तानी गर्ने ग्राहकले PromoCode VIA300 हालि रु. ३०० क्यासब्याक पाउनेछन्। साथै, ग्राहकहरूले “Spin the Wheel” मा भाग लिएर थप उपहार जित्ने अवसर पनि पाउनेछन्। यस स्पिनमार्फत थप १२ महिना, २ महिना वा १ महिनासम्म निःशुल्क इन्टरनेट पाउन सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको