अधिक तरलता व्यवस्थापन गर्नका लागि नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले ७ दिनका लागि उक्त रकम प्रशोचन गर्न लागेको हो ।
केन्द्रीय बैंकले आइतबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत केन्द्रीय बैंकले उक्त तरलता प्रशोचन गर्न लागेको हो । राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा पनि उपलब्ध गराइरहेको छ । बोलकबोल गर्दा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकममा बोलकबोल गर्न सकिने छ । उक्त रकमको साँवा र ब्याज भुक्तानी असोज १२ गते हुने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस