नेपाल एसबिआई मर्चेन्ट बैंकिङले लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको असोज ५ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित २५ प्रतिशत,अर्थात् ५ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
लाभांश पारित गर्न कम्पनीले असोज २७ गते नक्साल काठमाडौंमा बिहान ११ बजे १० औं वार्षिक साधारण सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिनेछ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस