राष्ट्रपति निवास शीतल निवासमा आज आयोजित विशेष समारोहमा चार जना नयाँ मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथ लिनेहरूमध्ये पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले उद्योग, कानुन र भूमिसम्बन्धी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाएका छन् भने पत्रकार जगदिश खरेल सञ्चार तथा सूचना मन्त्रालयको नेतृत्वमा पुगेका छन् । त्यस्तै, विज्ञ मदन परियारले कृषि मन्त्रालयको शपथ ग्रहण गरेका छन् ।
यसअघि अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम पनि मन्त्रिपरिषद्मा सिफारिस गरिएको थियो। तर अन्तिम क्षणमा उनको उम्मेदवारी स्थगित गरिएको बताइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस