Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था देखियो- निवर्तमान अध्यक्ष मल्ल

अर्थ संसार

मंगलबार, ०७ असोज २०८२, १० : ०१ मा प्रकाशित

जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था देखियो- निवर्तमान अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था आएको बताएका छन् । मल्लले जेनजी आन्दोलनपछि अहिले प्रमुख चुनौती शान्ति सुरक्षाको रहेको धारणा राखेका हुन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै मल्लले अहिलेको अवस्थामा सरकारले व्यवसायीहरुलाई डराउनुपर्दैन भन्ने खालको सुरक्षा प्रत्याभूति दिलाउनुपर्नेमा बताए ।

जेनजी आन्दोलनपछि ति युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण अघि बढाउनुपर्ने उनको भनाइ छ । ‘देशमा शान्ति व्यवस्था छ । डराउनु पर्दैन भनेर सरकारले भन्न सक्नुपर्छ, जेनजी अवस्थाका युवाहरु स्वदेशमा कम नभएर विदेश जाने गरेका छन् । हाम्रो युवालाई स्वदेशमै राखेर पठनपाठनको व्यवस्था गर्नुपर्यो,’ उनले भने । उनले वार्षिक ३ लाख जनसंख्या घट्ने गरेको तथ्यांक प्रस्तुत गर्दै सरकारले अब गर्नै पर्ने कामका रुपमा स्टार्टअपलाई आगाडि बढाउनु पर्ने धारणा राखे । युवाहरु विदेश जाने गरेकाले नेपालमा जनसंख्या घटिरहेको बताउँदै त्यसका लागि राज्यले नेपालमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताए । नेपालमा सरकारी कार्यालयमा एकदमै ढिलासुस्ती र झन्झटिलो प्रकृयाका कारण साह्रै दुःख पाइरहेको बताउँदै त्यसको अन्त्य गरेर चुस्त सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

‘अहिले सरकारी अफिसमा ढिलासुस्ती र झन्झटिलो प्रक्रिया छ । जसले गर्दा सेवा लिन निकै समस्या हुन्छ । यसलाई सुभधार गर्नुपर्छ,’ उनले भने ।   उनले अहिले आईटी र एआईको प्रचुर सम्भावना रहेको बताउँदै गाउँको दुर दराजमा आईटी कार्यक्रम चलाउन सकेमा प्रभावकारी हुने बताए । उनले पछिल्लो समय पर्यटन क्षेत्रमा निकै ह्रास आएको उल्लेख गर्दै सरकारले तत्कालै नेपाल सुरक्षित छ भनेर विश्वव्यापाी प्रचार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले नेपालमा अनौपचारिक कारोबार बढी हुने गरेको बताउँदै त्यसलाई रोक्न सकेको खण्डमा राजश्व समेत बढ्नेमा जोड दिए । ‘सबैभन्दा ठूलो समस्या भनेको औपचारिकभन्दा अनौपचारिक कारोबार चलिरहेको छ । सानो करको दायरामा राखेर अघि बढ्नुपर्छ ।हामीसँग खर्बौं रेमिट्यान्स भित्रिएको छ । अनावश्क रुपमा खर्च भइरहेको छ । यसको सदुपयोग गर्नुपर्छ,’ उनले भने । उनले निजि क्षेत्रको धनजनको क्षति हुँदा देश ५/६ वर्ष पछाडि धकेलिएको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको