Like us!
Follow us!
Connect us!
Watch us!

निजी क्षेत्र पनि सच्चिन आवश्यक छ : टान अध्यक्ष सागर पाण्डे

अर्थ संसार

मंगलबार, ०७ असोज २०८२, १० : १३ मा प्रकाशित

निजी क्षेत्र पनि सच्चिन आवश्यक छ : टान अध्यक्ष सागर पाण्डे

निजी क्षेत्र पनि सच्चिन पनि आवश्क रहेको टुरिजम एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले बताए का छन् । उनले नेपाल आर्थिक पत्रकार संघ (नाफी) ले आयोजना गरेको अर्थतन्त्रको पुनरुत्थानको आगामी बाटो शीर्षकको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । 

निजी क्षेत्रले पनि धेरै कुरामा सुधार हुनु पर्ने उनले बताए । सरकारले गर्नु पर्ने धेरै काम भए पनि निजी क्षेत्रले भएन भन्ने मात्रै भन्दा पनि सकारात्मक रुपमा सोच्नु पर्ने बताए । काम गर्नका लागि निकै झन्झटिलो प्रक्रिया रहेकाले पनि समस्या भइरहेको उनको भनाइ छ । 

सरकारको विश्वसनीयता कायम गर्नका लागि सरकारले ध्यान दिनु पर्छ । सरकारी कर्मचारी मात्रै होइन अहिले यस्तो समस्या बैंकहरुमा पनि सरेको उनको भनाइ छ । भ्रष्टाचार कम गर्नका लागि सबै क्षेत्र विश्वनिय हुन आवश्यक रहेको उनको भनाइ छ । 

नेपालको अर्थतन्त्र कुपोषण लागेको अवस्था छ । बहुदल आए पछि नेपालको अर्थतन्त्र त्यस्तै अवस्थामा रहेको पाण्डेको भनाइ छ । पछिल्लो समय पर्यटक आवागमन घट्दै गएको उनले बताए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको