नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजकुमार राई नियुक्त भएका छन् । बनेपा नगर पालिका वडा नं ८ केन्द्रीय कार्यालय रहेको नेरूडे मिर्मिरे लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका राईले नेपाल राष्ट्र बैंकमा शपथ ग्रहण गरेका छन् ।
नवनिर्वाचित अध्यक्ष राईले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरू प्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस