नेपाल पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरलले लगानीकर्ताको मनोबाल घटेका कारणले बजार बढन् नसकेको बताएकी छिन् । अर्थसंसारसँगको कुराकानीमा पोखरेलले अहिलेको राजनीतिक अस्थिरताका कारणले लगानीकर्ताहरुको मनोबल घटेको बताएकी हुन् ।
अहिलेको राजनीतिक घटनाको प्रतिविम्ब बजारमा देखिएको उनको भनाइ छ । अहिले भन्दा पनि भोलिका दिनमा बजार के होला भन्ने लगानीकर्तामा द्धिविधा देखिएको उनी बताउँछिन् । अर्को तर्फ चाडपर्व नजिकिएकाले पनि केही मात्रै नाफा गरेर पनि बिक्री गर्ने वा नाफा नहुँदा पनि सेयर बिक्री गर्नु पर्ने अवस्था रहेको उनको भनाइ छ ।
असोज मसान्तको दबाबले पनि बजार घट्नमा सहयोग गरेको उनी बताउँछिन् । आन्दोलनले क्षति पनि ठूलो भएकाले गर्दा मानसिक रुपमा लगानीकर्ता उत्साहीत हुने अवस्था नदेखिएको उनको भनाइ छ । ‘सेयर बजारलाई मनोविज्ञानले धेरै असर गर्ने भएकाले अहिले लगानीकर्ताहरु लगानीका लागि तयार नभएको अवस्थामा बजार घटेको हो,’ उनले भनिन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस