Like us!
Follow us!
Connect us!
Watch us!

आज तलेजु भवानी मन्दिर सबैका लागि खुल्ला

अर्थ संसार

बुधबार, १५ असोज २०८२, ०८ : २५ मा प्रकाशित

आज तलेजु भवानी मन्दिर सबैका लागि खुल्ला

हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज सबैका लागि खुला गरिएको छ । तलेजु मन्दिर वर्षमा एक पटक अर्थात आश्विन शुक्ल नवमीका दिन मात्र सबैका लागि खुला गरिन्छ । 

नवरात्रको अन्तिम दिन अर्थात् महानवमीको दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर दर्शन तथा पूजाअर्चनाका लागि भक्तजनहरु बिहानैदेखि भिड लागेको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूल चोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने चलन छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको