Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मी लाइफको करिब डेढ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, १९ असोज २०८२, १० : २५ मा प्रकाशित

प्रभु महालक्ष्मी लाइफको करिब डेढ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर आजबाट बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको १ लाख ४२ हजार ३०० कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। 

यो सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलमा पेस गर्न सकिनेछ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०३ रुपैयाँ तोकिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको